
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि शनिवार छलफल हुने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्रीनिवास वालुवाटारमा मंगलवार भएको छलफलबाट भदौ १३ गते (शनिबार) बस्ने पार्टी सचिवालय बैठकमा प्रतिवेदनमाथि छलफल गर्ने सहमति भएको हो । ‘पार्टी अध्यक्षद्वय ओली र दाहालबीच मंगलबार बिहान भएको छलफलमा शनिबार बिहान ११ बजे सचिवालय बैठक बोलाउने र कार्यदलको प्रतिवेदन पेश गर्ने सहमति...