सञ्जय दत्तले भने “मेरो लागि प्रार्थना गरिदिनुहोस”

काठमाडौं ।  बलिउड नायक सञ्जय दत्त फोक्साको क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भएका छन् ।
उनि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् । उपचारको लागि अस्पताल भर्ना भएका दत्तले शुभचिन्तकहरुलाई आफ्नो स्वास्थ्यका लागि प्रार्थना गर्न आग्रह गरेका छन् ।

यसअघि सञ्जय दत्तले मुम्बईका दुई ठूला अस्पताल लीलावती र कोकिलाबेनसँग सम्पर्क गरेका थिए । उनले लिलावती अस्पतालमा केही परीक्षण पनि गराए । स्रोतका अनुसार सञ्जय दत्तले लीलावती अस्पतालमा किमोथेरापीअघि गर्नुपर्ने परीक्षण गराएका थिए ।