दुर्गेश थापाको ‘आलुजस्तो गायक’ सार्वजनिक

काठमाडौँ । चर्चित गायक अझ भनौँ ‘भाइरल गायक’ दुर्गेश थापाले ‘आलुजस्तो गायक’ गीत सार्वजनिक गरेका छन्। इनाक्छी इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा दुर्गेशले आफू केही नसिकी संगीत क्षेत्रमा आएको भन्ने सन्देश समेटेका छन्। यो गीतको शब्द तथा संगीत बसन्त थापाको हो। गीत दुर्गेश ट्रोलको सिकार भएपछि सार्वजनिक भएको छ।

गीतमा विवादित अन्तर्वार्तापछि मानसिक तनाब भएको देखाइएको छ। ‘त्यो अन्तर्वार्तापछि मलाई तनाव त भएको थियो, तर मैले धेरै सोचिन। समाधानमा जान्छु।’ थापा भन्छन्, ‘धेरैले धेरैथरी भने त्यसको जवाफ मैले गीत बाट नै दिएको हुँ।’ थापा आफूले गाएको सबै गीत दर्शकले मन पराइदिएको भएर आफूसँग आशा हुनु स्वाभाविक मान्छन्।

गीतको भिडियो शिव विकको निर्देशन तथा कोरियोग्राफि रहेको छ। भिडियोमा नायक पल शाह, पुष्प खड्का र सरिता केसीको अभिनय पनि रहेको छ।