साल्ट ट्रेडिङ विराटनगरले सोमबारदेखि युरिया मल वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ विराटनगरले सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २ सय ६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने भएको छ ।

रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङले युरिया वितरण गर्ने भएको हो ।

विगतदेखि नुन, चिनी र रासायनिक मल किसानलाई उपलब्ध गराउँदै आएको यो कार्यालयले केही दिन पहिले ६ हजार मेट्रिक टन युरिया मल किसानलाई उपलब्ध गराइसकेको कार्यालयले जानकारी दिएको छ ।

साल्ट ट्रेडिङले आफ्ना मातहतका झापाको बिर्तामोड, सिरहाको लहान र सप्तरीको राजविराज तथा आफनै कार्यालयबाट मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाका किसानलाई मल उपलब्ध गराउँदै आएको छ ।