चक्लाबन्दीमा कफी खेती विस्तार र नर्सरी स्थापना गर्नेलाई अनुदान (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास वोर्डले कफी खेती विस्तार र नर्सरी स्थापना गर्नेलाई अनुदान उपलब्ध गराउने भएको छ ।

बोर्डले आफ्नो आर्थिकवर्ष २०७७/७८ को बार्षिक कार्यक्रम स्वीकृत गर्दै चक्लाबन्दीमा कफी खेती विस्तार र नर्सरी स्थापना गर्नेलाई अनुदान उपलब्ध गराउने भएको हो ।

यसका लागि वोर्डले सूचना प्रकाशित गरी न्यूनतम ५० हजार कफीको विरुवा उपलब्ध गराउनसक्ने इच्छुक कृषक, समूह, फर्म, उद्योग, सहकारी, संघसंस्थाहररूले आवश्यक कागजातहरू संकलन गरी ३५ दिनभित्र प्रस्ताव पेश गर्न आह्वानसमेत गरेको छ ।