विश्वभर १ करोड ७२ लाख ८५ हजार कोरोना संक्रमित निको

संक्रमितमध्ये ६१ हजारको अवस्था गम्भीर

काठमाडौं । विश्वभर १ करोड ७२ लाख ८५ हजार कोरोना संक्रमित निको भएका छन् ।
शनिबार बिहानसम्म विश्वभर १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका हुन् ।

अहिले विश्वभरी २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित छन् । संक्रमितमध्ये ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् । ५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् ।