शनिबार हल्का वर्षाको सम्भावना

राती केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने

काठमाडौं । आज देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो भने देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश न. १ का एक वा दुई स्थानमा भारी भने वर्षाको समेत सम्भावना छ। यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

मौसमविद्का अनुसार अहिले बिहान केहि ठाउँमा पानी परेको छ ।