ज्येष्ठ नागरिक कोरोनाको उच्च जोखीममा

६१–७० वर्ष उमेर समूहका मानिसको मृत्युदर बढी

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या घट्नुको सट्टा बढ्दो छ । सबैभन्दा बढी ज्येष्ठ नागरिक र दीर्घरोगी प्रभावित बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा १९५ ले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । मृत्यु भएका संक्रमितमध्ये ५१ जनामहिला र १४४ जना पुरुष छन् । मृत्यु हुने संक्रमितमध्ये ० देखि १० वर्षसम्मका बालबालिका ४ जना छन् । यस्तै ११ देखि २० वर्ष उमेर समूहका ५ जना छन् ।

यस्तै २१ देखि ३० वर्षसम्मका १२ जना, ३१ देखि ४० वर्ष उमेर समूहका १७ जना छन् । ४१ देखि ५० वर्ष सम्मका ४२ जना संक्रमितको मृत्यु भएको छ ।

५१ देखि ६० वर्षका ३८ जना, ६१ देखि ७० वर्ष उमेर समूहका ४० जना, ७१ देखि ८० वर्षको उमेर समूहका २६ जना र ८० वर्ष भन्दामाथिका ११ संक्रमितको मृत्यु भएको छ ।

यो तथ्यांकले नेपालमा कुल मृत्यु हुने संक्रमितमध्ये सबैभन्दा बढी मृत्युदर ६१ देखि ७० वर्ष उमेर समूहका बढी छन् । ६० वर्षभन्दा माथि उमेर भएकाको मृत्युदर पनि बढी छ । ३० वर्षभन्दा कम उमेर भएका व्यक्तिको मृत्युदर भने कम रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
यस अर्थमा पनि कोरोनाबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक र दीर्घरोगी बढी प्रभावित बनेका छन् ।