काठमाडौं र भक्तपुरका दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालले जानकारी दिएको छ । दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।
काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन्।